२०८२ पौष २ बुधवार , १०:४१:२८ बजे

Sajhamanch
'

नेपाली युवा टोलीले आज अफगानिस्तानसँग खेल्दै

बुधवार, पौष २, २०८२

काठमाडौं ।  सीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ।

जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्।त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन। नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू९१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन्।समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन्।

सम्बन्धित खबर