२०८२ मंसिर २९ सोमवार , ०४:२१:१५ बजे

Sajhamanch
'

काफ्ले समाजकाे ११ओैं अधिवेशनबाट २५ सदस्यीय नयाँ नेतृत्व चयन

आइतवार, मंसिर २८, २०८२

देवघाट (तनहुँ) । काफ्ले बन्धु समाज नेपालको मुख्य घटक संस्था काफ्ले समाजकाे २४औँ वार्षिक साधारण सभा तथा एघारौं अधिवेशनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।

तनहुँ जिल्लाको देवघाटस्थित शान्टिल्य सेवा आश्रममा मङ्सिर २७ गते शनिबार सम्पन्न ११औँ अधिवेशनले पूर्व अध्यक्ष ख्यामनारायण काफ्लेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध तथा सर्वसम्मत रुपमा चयन गरेको हो।

समाजका पूर्व केन्द्रीय अध्यक्ष एवम् संरक्षक काेमलप्रसाद काफ्लेकाे संयाेजकत्वमा गठित  निर्वाचन समितले प्रकृया पूरा गरेर नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएकाे हाे ।

जसअनुसार अध्यक्षमा स्याङ्जाका ख्यामनारायण काफ्ले सर्वसम्मत चुनिनुभएकाे छ । उहाँसँगै पूर्वअध्यक्ष तथा समाजका संरक्षक कृष्णबहादुर काफ्ले र वरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्लेले उम्मेदवारी दर्ता गराउनु भएकाे थियाे । दुईजनाले मनाेनयन फिर्ता लिएपछि ख्यामनारायण दाेस्राे कार्यकालकाे लागि अध्यक्ष बन्नु भएकाे हाे ।

समाजकाे विधान संशाेधन गरी  ८ जना खुल्ला र एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएकाे छ । खुल्ला उपाध्यक्षहरुमा स्याङ्जाका दीपेन्द्रराज, भक्तपुरका दामाेदर, स्याङ्जाका देवीप्रसाद शर्मा, सिन्धुलीका अशाेक, कास्कीका कृष्णप्रसाद, बाँकेका राजुप्रसाद, झापाका ताेयानाथ र नवलपरासीका पदमराज काफ्ले र महिला उपाध्यक्षमा झापाका दुर्गादेवी खनाल काफ्ले निर्विरोध निर्वाचित हुनुभयाे ।

११ओैं अधिवेशनले महासचिवमा साेलुखुम्बुका डिल्लीराम, सचिवमा झापाका गाेपाल, काेषाध्यक्षमा भक्तपुरका अर्जुनप्रसाद र सह काेषााध्यक्षमा काठमाडौंका भुपराज काफ्ले निर्वराेध निर्वाचित गर्याे ।

समाजकाे ११ जना केन्द्रीय सदस्यका लागि १९ जनाले निवेदन दिनुभएकाेमा ८ जनाले मनाेनयन फिर्ता लिई उक्त पदमा पनि सर्वसम्मत गरिएकाे थियाे । जसअनुसार सर्लाहीका मुकुन्दप्रसाद, नवलपरासीका देवलाल, भक्तपुरका राजेन्द्र, दाेलखाका दुर्गाप्रसाद र काठमाडौंकी ज्ञानकुमारी काफ्ले निर्वाचित हुनुभयाे ।

यस्तै सुनसरीका नवराज, कैलालीका दिलाराम, कालिकाेटका टेकराज, पर्वतका बाबुराम र नरभूपाल तथा स्याङ्जाको प्रकाश काफ्ले केन्द्रीय सदस्यमा सर्वसम्मत हुनुभएकाे छ ।

समाजकाे २४ओैं वार्षिक साधारण सभामा महासचिव देवीप्रसाद शर्मा काफ्ले र काेषाध्यक्ष अर्जुनप्रसाद काफ्लेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । उक्त प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरुले वृहङ्गम छलफल गरी प्रतिक्रिया र सुझाव दिनुभएको थियाे ।

काफ्ले समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्लेकाे अध्यक्षता तथा संरक्षक कृष्णबहादुर थापा काफ्लेकाे प्रमुख आतिथ्यमा भएकाे उद्घाटन सत्रमा काफ्ले बन्धु कल्याण समितिका अध्यक्ष गाेपालप्रसाद काफ्ले, समाजका संरक्षक उपेन्द्र काफ्ले, प्रदेश अध्यक्ष राजुप्रसाद, कृष्णप्रसाद, उपाध्यक्ष दुर्गादेवी खनाल काफ्ले तथा स्मारिका सम्पादन समूहका संयाेजक केशवराज शर्मा काफ्लेले आ-आफ्नो धारणा राख्नु भएकाे थियाे ।

समाराेहकाे सञ्चालन महासचिव देवीप्रसाद शर्मा र उपाध्यक्ष दीपेन्द्र काफ्लेले संयुक्तरूपमा गर्नुभएको थियाे । साेही अवसरमा समाजकाे १०ओैं स्मारिका विमाेचन गरिएकाे थियाे ।

सम्बन्धित खबर