२०८२ मंसिर २८ आइतवार , ०४:२५:४० बजे

Sajhamanch
'

एमाले केन्द्रीय कमिटी बैठक सुरु

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिनुभयो । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ ।

सम्बन्धित खबर