
झापा । शौचालयमा लडेर भद्रपुरमा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे भद्रपुर नगरपालिका-४ लुरुङचोक बस्ने ४२ वर्षीय देवेन्द्र देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर घाइते भएका थिए ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । उनी छारे रोगका बिरामी रहेको बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।


