२०८२ मंसिर २६ शुक्रवार , ११:०६:१६ बजे

Sajhamanch
'

एमालेको सचिवालय बैठक बस्दै

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं ।  नेकपा एमालेले ११औं महाधिवेशनको संघारमा सचिवालय बैठक बोलाएको छ।पार्टी मुख्यालय च्यासलमा आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएको छ।

महाधिवेशन अघि सचिवालय बैठक बस्न लागेको हो। सोही बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउने बारेमा छलफल हुने नेताहरूले बताएका छन्।

गत भदौको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ जनामा झारे पनि नेताहरू व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या पुनस् १९ जना नै पुर्‍याउन खोज्नुभएको छ।

केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय रहेको छ। यसलाई पनि बढाउने अध्यक्ष ओलीको तयारी रहेको छ।

सम्बन्धित खबर