
काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ एकैदिन १५० रुपैयाँले बढेको छ । आज चाँदी १५० रुपैयाँले बढेर तोलाको तीन हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय रुपैयाँ थियो । यसअघि गएको मंसिर १७ गते तोलाको तीन हजार ६५५ रुपैयाँ थियो ।


