
काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन् ।भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका केही कलाकार सहभागी थिए ।अपरान्हदेखि सुरु विवाह समारोह बेलुकासम्म चलेको थियो । विवाहमा कलाकार राजेश हमाल र पत्नी मधु, अभिनेत्री निरुता सिंह, रेखा थापा, सृष्टि श्रेष्ठ लगायत सहभागी रहे ।पूजाले निकट संचारकर्मी र फिल्मकर्मीलाई पनि निम्तो पत्र दिएकी थिइन् । यी दुईले झण्डै ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।


