२०८२ मंसिर २१, शनिवार , ०३:२७:०६ बजे

Sajhamanch
'

नवोदयको २७औं वार्षिक साधारण सभामा कर्मचारीसहित दर्जनौं पुरस्कृत र सम्मानित

शुक्रवार, मंसिर २०, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले मङंसिर ११ गते उर्लावारी र मधुमल्ला सेवा केन्दबाट्र सुरु गरेको साधारण सभा कार्यक्रम शुक्रबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न गरिएको छ ।

सोे अवसरमा सस्थाले १५ वर्ष सेवा गर्ने कर्मचारीहरुलाई दीर्घसेवा पदकसहित पुरस्कार प्रदान गरेको छ ।

सम्मानित र पुरस्कृत हुने कर्मचारीहरुमा सहायक ब्यवस्थापक सोमलाल हेमरम र वरिष्ठ फिल्ड सहायक प्रथम प्रकाश हेमरमलाई दीर्घसेवा पदक र सम्मान पत्र प्रदान गरिएको हो । वर्षको उत्कृष्ठ कर्मचारी विधातर्फ फिल्ड सहायक ओमप्रकाश राजवंशीलाई पुरस्कृत गरियो ।

त्यस्तै इकाईगत साधारणसभाहरुमा सेवा केन्द्रस्तरमा नै उत्कृष्ट केन्द्र, उत्कृष्ट ऋणि सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर धनी, ज्येष्ठ सदस्य, उत्कृष्ट कृषक सदस्य लगायत ९३ जनालाई सम्मान र पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक रबिन सुब्बले बताउनु भयो ।

२०५५ सालमा स्थापना भएको सस्थामा हाल १७ हजार २५० जना सेयर सदस्य छन् भने झापा र मोरङ्गमा गरी ११ वटा सेवाकेन्द्रबाट कारोबार गरिरहेको छ ।

गत आषाढ मसान्तसम्ममा नवोदयको शेयर पूँजी १२ करोड २१ लाख ७४ हजार २०० रुपैया रहेको छ भने बचततर्फ ५२ करोड ७२ लाख ६० हजार ९७ रुपैयाँ रहेको सस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कर्जा लगानीतर्फ ७६ करोड ३५ लाख १ एकहजार ५७८ रुपैयाँ रहेको र कोष हिसाबतर्फ १४ करोड ४० लाख ४० हजार ८५६ रुपैयाँ कारोबार गरी २ करोड १७ लाख ४५ हजार ८६४ रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाइएको छ ।

संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले माइन्युट प्रमाणिकरण बैठमा संस्थाले इकाईगत साधारण सभाबाट परित प्रस्तावका विषयमा प्रतिनिधिहरुलाई जानकारी गराउनु भएको थियो ।

पूर्व अध्यक्ष दिलिपकुमार चापागाईले प्रतिनिधि भनेका संस्थाका पिलर भएकोले संस्थालाई सारोगाह्रो परेका बेला सहयोग गर्दै संस्थाद्वारा सञ्चालन भएका राम्रा कामलाई प्रचारप्रसार गर्नु रहेको बताउनु भयो ।

सस्थाको सभाहलमा सम्पन्न माइन्युट प्रमाणीकरण सभा वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष उमानाथ भण्डारीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गर्नु भएको थियो ।

सम्बन्धित खबर