
काठमाडौं । सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ९०० रुपैयाँले घटेर तोलाको दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी ७० रुपैयाँले घटेर तोलाको तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६२५ रुपैयाँ थियो ।


