
काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ ।
आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज ११० रुपैयाँले बढेर तोलाको तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तीन हजार पाँच सय ४५ रुपैयाँ थियो ।


