२०८२ मंसिर १६, सोमवार , ०८:१०:५२ बजे

Sajhamanch
'

किरण विमलीको ‘उधुमै राम्री’ म्युजिक भिडियो युट्युवमा सार्वजनिक

सोमवार, मंसिर १६, २०८२

बिर्तामोड । गायक किरण विमलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विमलीको ‘उधुमै राम्री’ बोलको म्युजिक भिडियो आज (सोमबार) ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गायक विमली युवा मझ लोकप्रिय गायकका रुपमा परिचित छन् । गायक विमलीले यसअघि पनि दशैं तिहार, उकाली बाटो, आउ बस म्युजिक भिडियो दर्शकमा माझ ल्याएका थिए । उनका ती म्युजिक भिडियोहरुले दर्शकको मन खिचेको थियो भने निक्कै लोकप्रिय बनेका थिए ।

गायक बिमलीको स्वरमा सजिएको ‘उधुमै राम्री’ बोलको गीतको लेखक डिपी खनाल, संगीत देवेन्द्र बराल, एरेन्ज विश्व अधिकारी, मिक्स÷मास्टर किशोर थापा, रेकर्डिक्स राजेश श्रेष्ठ छन् । गीतको रेकडिङ एवान म्युजिशियन स्टुडियोमा गरिएको हो ।

मेकअफ आर्टिस पुनम चौधरी र यमुना पाण्डे, इडिटिङ स्टुडियो आइक्याच स्टुडियो रहेको छ उक्त म्यूजिक भिडियोको निर्देशक तथा कोरियोग्राफ रोशन विश्वकर्मा रहेको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ, जुना सुन्दास, करिश्मा शाही, सरोज प्रजालगायतको अभिनय रहेको छ ।

भिडियो लिङ्क

सम्बन्धित खबर