
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ।
केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाउनु भएको हो। पदाधिकारी बैठक सोमबार मध्यान्ह १२ः३० बजेका लागि बोलाइएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ। पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ।


