
काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।
आज सुनको भाउ एक हजार ४०० रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर तोलाको तीन हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ४९० रुपैयाँ थियो ।


