२०८२ मंसिर १६, सोमवार , ११:०६:२० बजे

Sajhamanch
'

दमकबाट लुटिएको थप गोली फेला

सोमवार, मंसिर १६, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप गोली फेला परेको छ ।

हिजो दिउँसो ४ः४० बजे दमक नगरपालिका वडा नं.७ पशुहाटस्थित ७ न।वडा कार्यालयभन्दा पछाडिपट्टि ढल निकासमा प्रयोग गरिने पाइपको चेपमा सेतो प्लास्टिकभित्र पोका पारी शङ्कास्पद अवस्थामा लुकाई छिपाई राखिएको ५८ राउन्ड गोली फेला परेको हो ।

इप्रका दमकबाट खटिएको टोलीले उक्त पोका खोली हेर्दा ।३०३ मार्क राइफलको राउन्ड थान ८, इन्सासको जंगी राउन्ड ५० बिन्दुली भेटिएको हो । ती गोली बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

सम्बन्धित खबर