
काठमाडौं । सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ ।
सुन आज २ हजार दुई सय रुपैयाँले बढेर तोलाको २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ४८ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढेर तोलाको ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार २८० रुपैयाँ थियो ।


