२०८२ मंसिर १३, शुक्रवार , ११:४२:११ बजे

Sajhamanch
'

बिर्तामोड प्रहरी कार्यालयमा आक्रमण गर्ने थप एकजना पक्राउ

शुक्रवार, मंसिर १३, २०८२

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २४ वर्षीय सञ्जय मुसहर रहेका छन् ।

उनलाई हिजो साँझ ६ बजे बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्ता बजारबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ । जेनजी आन्दोलनका क्रममा उनले प्रहरी कार्यालयमा आक्रमण गरेका थिए ।

सम्बन्धित खबर