२०८२ मंसिर १३, शुक्रवार , ०८:३८:५५ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, मंसिर १३, २०८२

काठमाण्डौ ।  हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ ।दिउँसोपख सबै ठाउँको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

शुक्रवार, मंसिर १३, २०८२ | Weather, समाज

सम्बन्धित खबर