२०८२ मंसिर १२, बिहिवार , ०१:४१:०० बजे

Sajhamanch
'

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडको उत्पादन निर्यात

बिहिवार, मंसिर १२, २०८२

पर्सा । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन् ।

गएको आर्थिक वर्षको त्यही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार बितेको साउनदेखि कात्तिक मसान्तसम्ममा १७ अर्ब ३२ करोड रुपैयाँको भटमासको तेल र दुई अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको छ ।

बिहिवार, मंसिर १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर