२०८२ मंसिर १२, बिहिवार , ११:२५:४२ बजे

Sajhamanch
'

झापाको बाह्रदशीमा गाँजा खेती, प्रहरीले गर्‍यो नष्ट

बिहिवार, मंसिर १२, २०८२

झापा । झापाको बाह्रदशीमा अवैध रुपमा गाँजा खेती गर्ने गरेको पाइएको छ । दक्षिणी सीमावर्ती क्षेत्रमा लुकिछिपी ठुलो क्षेत्रफलमा गाँजा खेती गर्ने गरेको भेटिएको हो । बाह्रदशी गाउँपालिका –२ खाडी बस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि प्रहरीले नष्ट गरेको छ ।

बुधवार दिउँसो साढे २ बजे खाडी बस्तीमा गाँजा खेती गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवसकुमार कार्कीको कमान्डमा ७ जनाको टोली खटिएर गाँजाका २१२ बोट फडानी गरी नष्ट गरेको छ ।

बिहिवार, मंसिर १२, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर