२०८२ मंसिर ११, बुधवार , ०२:०१:०० बजे

Sajhamanch
'

एमालेको महाधिवेशन उदघाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा

बुधवार, मंसिर ११, २०८२

काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।

आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी आज निर्णय भएको छ ।’

नेकपा एमालेले यसअघि २७ मंसिरदेखि २९ मंसिरसम्म एघारौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसअघि पोखरामा गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा गर्ने निर्णय भएको थियो ।

सम्बन्धित खबर