२०८२ मंसिर ११, बुधवार , १२:३६:५८ बजे

Sajhamanch
'

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै

बुधवार, मंसिर ११, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट निक्षेप खिच्न लागिएको हो ।

यो निक्षेप आउँदो पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।

बुधवार, मंसिर ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर