
काठमाडौं । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ ।
सुन आज ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार २०० रुपैयाँ थियो ।


