
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको छ ।
सुन आज तोलामा पाँच हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ११५ रुपैयाँ थियो ।


