२०८२ मंसिर ९, सोमवार , १२:१५:११ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १९०० रुपैयाँले घट्यो

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर तोलाको तीन हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १३५ रुपैयाँ थियो ।

सोमवार, मंसिर ९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर