२०८२ मंसिर ८, आइतवार , ०७:२९:१३ बजे

Sajhamanch
'

भद्रपुरस्थित राष्ट्रसेवक सहकारीमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित

शनिवार, मंसिर ७, २०८२

भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था लि. भद्रपुरको २६औँ वार्षिक साधारण सभाबाट लक्ष्मीप्रसाद गुरागाईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

निर्वाचन समितिका संयोजक कृष्णप्रसाद शर्माले नयाँ नेतृत्वको नाम घोषणा गर्नुभएको हो । जसअनुसार संस्थाको उपाध्यक्षमा तेजिन्द्र न्यौपाने, सचिवमा शेषराज पौडेल र कोषाध्यक्षमा कृष्ण रुचाल चयन हुनु भयो ।

यसैगरी सदस्यहरुमा रामचन्द्र मिश्र, भिमा भट्टराई, जीवनकला राउत, मन्दिरा श्रेष्ठ र राजेन्द्र प्याकुरेल निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा घनेन्द्रप्रसाद ढकाल तथा सदस्यमा सुरेश भट्टराई र सुभाषकुमार विक निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक शर्माले घोषणा गर्नुभयो ।

आज शनिबार सम्पन्न साधारण सभामा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रामचन्द्र अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षतामा आयोजित साधारण सभामा उहाँले ३ अर्बको सम्पति दायित्वसहित आ. व. २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थामा १ करोड ५८ लाख ७४ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेको छ ।

साधारण सभामा सहकारीलाई व्यवस्थित रूपमा ४ वर्षे कार्यकालमा योगदान दिने संचालक समिति पदाधिकारीहरु अध्यक्ष अधिकारीसहित ४ जना तथा कर्मचारी अनुज खतिवडा र नुतन पौडेललाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरियो ।

उपाध्यक्ष डिल्ली ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नवराज पोखरेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर