२०८२ मंसिर ६, शुक्रवार , १२:४०:५० बजे

Sajhamanch
'

झापा कारागारमा एक कैदीको ज्यान गयो

शुक्रवार, मंसिर ६, २०८२

झापा । जिल्ला कारागार झापामा एकजना कैदीको ज्यान गएको छ । कैद भुक्तान गरिरहेका भारतको दार्जिलिङका कर्णबहादुर लिम्बूको ज्यान गएको जिल्ला कारागार झापाले जनाएको छ ।

कारागार प्रशासनका अनुसार उच्च रक्तचापका विरामी लिम्बूको भद्रपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो ।

यस्तै, पाल्पामा विहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले घाइतहरुको मिसन अस्पतालमा उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको बताउनुभयो ।

शुक्रवार, मंसिर ६, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर