
झापा । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको जिल्ला संघ झापामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन भएको छ ।
बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १४औं वार्षिक साधारणबाट अधिवक्ता देवेन्द्र भण्डारीको संयोजकत्वमा चूडामणि ओझा र अनिता गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरेको हो ।
निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छैन । बचत तथा ऋण सहकारी संघ झापामा १८६ वटा सहकारी संस्था आवद्ध छन् ।
साधारण सभामा उत्कृष्ट कारोबार गर्ने दुईवटा सहकारी संस्थाका संचालकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा भीमसेन बचत तथा ऋण सहकारी संस्था कनकाई ३ र कलश बचत तथा ऋण सहकारी संस्था दमक ६ रहेका छन् ।


