२०८२ मंसिर ४, बुधवार , ०१:०६:०८ बजे

Sajhamanch
'

गरामनी प्रहरी चौकीमा आगजनी गर्ने दुईजना पक्राउ

बुधवार, मंसिर ४, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड-८ गरामनी बस्ने वर्ष ३६ का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष १९ का सेशेहाङ इङ्नाम लिम्बू रहेका छन् ।

मंगलबार बिहान अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले दुवैलाई आ–आफ्‌नो घरबाट नियन्त्रणमा लिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

योसँगै भदौ २४ को जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या १५ पुगेको छ ।

सम्बन्धित खबर