
काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छ ।
सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार ५०० रुपैयाँमा झरेको थियो ।
त्यस्तै आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज ६० रुपैयाँले बढेर तोलाको तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ९० रुपैयाँ थियो ।


