
काठमाडौं । सुनको भाउ आज तोलामा तीन हजार ८०० रुपैयाँले घटेको छ । सुन आज तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै चाँदी पनि आज तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी आज ६५ रुपैयाँले घटेर तोलाको तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५५ रुपैयाँ थियो ।


