
काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुन आज ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै चाँदी पनि आज २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार १३५ रुपैयाँ थियो ।


