२०८२ मंसिर १, आइतवार , १२:२०:४८ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन तोलामा ६९०० रुपैयाँले घट्यो

आइतवार, मंसिर १, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा छ हजार ९०० रुपैयाँले घटेको छ । सुन आज छ हजार ९०० रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ४९ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज एकैदिन तोलामा १५० रुपैयाँ घटेको छ । चाँदी आज एकैदिन १५० रुपैयाँ घटेर तोलाको तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार २८५ रुपैयाँ थियो ।

आइतवार, मंसिर १, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर