
काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् ।
सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ ।इन्स्टाग्राममा उनलाई पछ्याउनेको संख्या नै २८ लाखभन्दा धेरै छ ।
प्लाटफर्ममा उनले गर्ने पोस्टमा लाखौं कमेन्ट र रियाक्सन आउँछन् । उनी बेला बेलामा बलिउडदेखि नेपाली गीतमा पनि रिल्स बनाइरहेकी हुन्छिन् ।उनले पछिल्लोपटक सुपरहिट बलिउड फिल्म ‘सैयारा’ को गीत ‘बर्बाद’ माथि रिल्स बनाएकी छिन् ।यो गीतमा पनि उनलाई लाखौं भ्यूज मिलेको छ । यसमाथि चर्चित बलिउड सेलिब्रेटीले पनि प्रतिक्रिया दिएका छन् । तीमध्ये एक हुन् बलिउड अभिनेता नील नितिन मुकेश ।
मुकेशले अदितीको उक्त पोस्टमा ‘हार्ट इमोज’को कमेन्ट गरेका छन् । अदितीले पनि नीलको कमेन्टमा जवाफ दिँदै ‘स्टार’ इमोजी राखेकी छिन् । इमोजीमार्फत उनीहरूले गरेको यो संवाद अर्थपूर्ण र रोचक देखिन्छ ।कामको कुरा गर्दा, अदितीले नेपाली फिल्महरू ‘कृ’ र ‘बाबरी’मा अभिनय गरेकी छन् ।


