
काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी ६० रुपैयाँले घटेर तोलाको तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार ३४५ रुपैयाँ थियो ।


