२०८२ कार्तिक २९, शुक्रवार , ११:४७:३३ बजे

Sajhamanch
'

नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबलमा २–२ को बराबरी

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं । नेपाल र बङ्गलादेशबीच ढाकामा हिजो भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको छ । नेपालका रोहित चन्द र अनन्त तामाङले समान एक गोल गरे भने बङ्गलादेशका दुवै गोल हम्जा चौधरीले गरे ।

नेपालले बङ्गलादेशसँग गएको भदौमा काठमाण्डौमा मैत्रिपूर्ण खेल खेलेको थियो । त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो खेल भने जेन–जी प्रदर्शनको कारण हुन सकेको थिएन ।

अब नेपालले एएफसी एशियन कप छनोटअन्तर्गत आउँदो मंसिर २ गते मङ्गलवार मलेसियासँग खेल्नेछ ।

शुक्रवार, कार्तिक २९, २०८२ | खेलकुद, समाज

सम्बन्धित खबर