२०८२ कार्तिक २७, बुधवार , १२:३४:५३ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा २१०० रुपैयाँले घट्यो

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको तीन हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १७० रुपैयाँ थियो ।

बुधवार, कार्तिक २७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर