
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार ५०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको तीन हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको तीन हजार १६५ रुपैयाँ थियो ।


