२०८२ कार्तिक २६, मङ्गलवार , १०:१२:२५ बजे

Sajhamanch
'

दुई दिनपछि आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौँ ।  दुईदिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ। पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको थियो।बैठक साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूले धारणा राखिरहेका छन्।

सम्बन्धित खबर