
काठमाडौं । सुनको भाउ आज एकैदिन दुई हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ६०० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।


