२०८२ कार्तिक २५, सोमवार , ०९:१५:५३ बजे

Sajhamanch
'

सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट प्रशान्त तामाङको बलिउड डेब्यू

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् ।

तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ ।‘अब केही हुँदैछ । म साँच्चिकै उत्साहित छु । धन्यवाद सलमान खान सर’ प्रशान्तले सेटका फोटोसहित यस्तो क्याप्सन लेखेका छन् ।

यो फिल्मलाई सन् २०२६ को प्रतीक्षित फिल्म बताइएको छ । जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा फिल्म आधारित छ ।फिल्ममा सलमानले सैनिक अफिसरको रोल निर्वाह गरेका छन् ।

सम्बन्धित खबर