२०८२ कार्तिक २४, आइतवार , ०७:४५:२२ बजे

Sajhamanch
'

चन्द्रगढी वनको नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो कार्यभार

आइतवार, कार्तिक २४, २०८२

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी–सदस्यहरुले आजदेखि नै पदभार सम्हालेका हुन् ।

नवनिर्वाचित कार्यसमितिका लागि वन परिसरमा आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा अध्यक्ष दुर्गाप्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष अनुज खतिवडालाई समितिको माइन्युटबुक र अन्य दस्तावेज प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

निर्वाचन समितिका संयोजक दामोदर घिमिरेको अध्यक्षतामा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष खतिवडालाई संयोजक घिमिरे र अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष खतिवडाले सपथ गराएपछि पद हस्तान्तरण गरिएको थियो ।

निर्वाचन समितिका सदस्य मनकुमार डाँगीले सञ्चालन गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष खतिवडाले प्रतिबद्धता मन्तव्यसहित आगामी योजनाहरु प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष भट्टराईले विदाइ मन्तव्यसहित आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउन साथ–सहयोग गर्ने एवम् शान्तिपूर्ण र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष–परोक्ष योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित खबर