२०८२ कार्तिक २४, आइतवार , १२:३८:२७ बजे

Sajhamanch
'

आदर्श साकोसको नयाँ कार्य समिति चयन, अध्यक्षमा विष्णुलाल भट्टराई

आइतवार, कार्तिक २४, २०८२

शिवसताक्षी । झापा शिवसताक्षीको स्थित श्री आदर्श बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्य समिति चयन भएको छ ।

संस्थाको ७ औं अधिवेशनले विष्णुलाल भट्टराईको अध्यक्षता तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा यादव गिरी, सचिवमा तीर्थकुमारी घिमिरे, कोषाध्यक्षमा शिवकुमार मैनाली चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा कमल उप्रेती, कमप्रसाद चम्लागाई, कमला थेवे थम्परा, मित्रप्रसाद थापा, नरपति पाठक रहनु भएको छ। संस्थाको लेखासुपरीवेक्षण समिति संयोजक भिष्मप्रसाद खरेल, सदस्यहरुमा नरध्वोज तुम्बापो र सुजन घिमिरे सर्वसम्मत चयन भएको संस्थाले जनाएको छ ।

यसैबीच संस्थाले साधारण सभाका सबै कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले २० औं वार्षिक साधारण सभा का सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेको हो ।

संस्थाले तीन स्थानमा साधारण सभा गरेको थियो । जसमा शिवसताक्षीको वडा नम्बर ४,५ र ६ का शेयर सदस्यहरुका लागि बोलोचोक बजार, वडा नम्बर १,२ र ३ का सदस्यहरुलाई भागवती आधारभूत विद्यालयको सभाहल डँडामारी र वडा नम्बर ७,९,१० र ११ का लागि दूधे बजारमा साधारण सभा यस अघि नै सम्पन्न गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै साधारण सभाबाट आएका प्रतिनिधिहरुले मान्युट प्रमाणिकरण गर्दै साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्थाले गएको आषाढ १ गतेदेखि भाद्र १४ गतेसम्म सञ्चालित ३८० घण्टे सीप विकास तालिममा सहभागीहरु २० जनालाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बद्रकुमार दाहालले प्रमाण पत्र वितरण गर्नु भएको थियो।

कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्षले कृष्णकुमार गिरीले शुभकामना दिदैं प्रतिप्रद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गर्नु भएको थियो ।

सम्बन्धित खबर