२०८२ मंसिर २९ सोमवार , ११:३१:०८ बजे

Sajhamanch
'

दमकमा प्रहरीको पोसाक लुट्ने युवक पक्राउ

आइतवार, कार्तिक २३, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको पोसाक लुटेर दुरुपयोग गर्ने एक युवक पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे दमक – ६ लाटे क्याफेबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक १ बस्ने २० वर्षीय साजन लाबुहाङलाई पक्राउ गरेको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका दमकबाट प्रहरी पोसाक लुटेर उनले दुरुपयोग गरेका थिए । यसअघि पनि दमक प्रहरीले प्रहरी पोसाक दुरुपयोग गर्ने अर्का युवकलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर