२०८२ कार्तिक २२, शुक्रवार , ०१:४६:२५ बजे

Sajhamanch
'

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

शुक्रवार, कार्तिक २२, २०८२

इलाम । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुक्रवार, कार्तिक २२, २०८२ | अपराध, समाज

सम्बन्धित खबर