
विराटनगर । मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा गाँजा बरामद भएको छ ।
बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ बाट स.१ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा बरामद भएको हो ।
गाँजा भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा एम्बुलेन्स भित्र कालो रंगको झोलामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को. ३१ प. ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ ।
दिलीप गाडी स्कटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका हुन् । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


