
कमल । नेकपा (एमाले) कमल गाउँकमिटीको सचिवालय बैठक तथा एक महिने विशेष अभियान अन्तर्गत आज भेला सम्पन्न भएको छ ।
गाउँकमिटीको आयोजनामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र गाउँकमिटीका पदाधीकारीहरुको सहभागिता थियो । भेलामा केन्द्रीय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ इन्चार्ज दिपक कार्कीले जेन–जी आन्दोलन पछिको परिस्थितिको समाना गर्दै देशमा आएको संकट जोगाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताउनु भयो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन पछि देशमा ठूलो संकट आएको बताउँदै यस्तो अवस्थामा देशलाई जोगाउन नेकपा एमालेका सबै संगठनहरु आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उहाँको निर्देशन छ ।
नेकपा एमाले प्रदेश कमिटीका सदस्य बेनु सिवाकोटीले अहिले अन्य दलहरु चुपचाप बसेका छन् । देशमा संकट आएको बेला अग्रपंक्तिमा रहेर देश बचाउने भनेकै एमाले रहेकोले पार्टीले अगाडि सारेको एक महिने विशेष अभियान सफल बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
अहिले देशको परिस्थिति एकदमै अप्ठ्यारोमा रहेको उल्लेख गर्दै अर्का वक्ता नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले यस्तो अवस्थामा हामी सबै एकजुट भएर देशलाई बचाउनु पर्ने अवस्था आएको जनाउनु भयो ।
नेकपा एमाले कमल गाउँकमिटीका अध्यक्ष हरि ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र अधिकारीले गर्नु भएको थियो ।


