
काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेर तोलाको दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।


