२०८२ मंसिर १२, बिहिवार , ०६:१४:२३ बजे

Sajhamanch
'

बिर्तामोडमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

बुधवार, कार्तिक २०, २०८२

झापा । बिर्तामोडमा लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय सञ्जय गिरी र ३१ वर्षीय सोमबहादुर राई रहेका छन् ।

हिजो दिउँसो १२ः३० बजे बिर्तामोड– ६ किरात टोल बस्ने सञ्जय गिरीको घरमा लागू औषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्लास्टिकबाहेक १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित खबर