
काठमाडौं । श्रीलङ्कामा आजदेखि शुरु हुने काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुनेछ ।
त्यसअघि आयोजक श्रीलङ्का र माल्दिभ्सबीच उद्घाटन खेल हुनेछ । प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ । सबै टोलीले एक अर्कासँग खेलेपछि सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली तथा दोश्रो स्थान र तेश्रो स्थानमा रहने टोलीबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते हुनेछ ।


						
						
						