
भद्रपुर । झापाको भद्रपुर–७ बोक्तोबारीकी १७ वर्षीया प्रियङ्का सिंह राजवंशी पाँच दिनदेखि बेपत्ता भएकी छन्।
प्रियङ्का कात्तिक ४ गते बिहान ५ बजे घरबाट बाहिरिएकी थिइन् र त्यसपछि उनी सम्पर्कविहीन भएको उनका दाजु कृष्णदेव सिंह राजवंशीले जानकारी दिए। उनका अनुसार प्रियङ्काले घरमा कसैलाई केही नभनी एक्कासि घर छोडेकी हुन्।
परिवारले खोजतलास गर्दा पनि फेला नपरेपछि सोही दिन जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरिएको छ। कृष्णदेवका अनुसार प्रियङ्काको मोबाइल कल डिटेल अनुसार उनी बेपत्ता हुनुभन्दा एक दिनअघि अलि अकबर अरवाज नामका व्यक्तिसँग कुराकानी भएको पत्ता लागेको छ। तर सो युवकको ठेगाना भने अहिलेसम्म फेला परेन।
परिवारले प्रियङ्काबारे जानकारी हुने जो–कसैलाई ९८१७००४२४३ वा ९८२७९२६५२७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।


